Type Here to Get Search Results !

मुख्य मन्त्री केसिद्धारा धाङसी खोला पुलको उद्घाटन ।।

✎  होलेरी  न्युज डटकम
०६ फागुन ०७८ ।होलेरी रोल्पा ,, धाङसि खोलामा निमार्ण भएको पक्की पुलको बिहिबार एक कार्यक्रका बिच लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसिले पुलको उद्घाटन गर्नु भएको हो ।
सडग पूर्वाधार बिकास कार्यालय रोल्पाको आयोजनामा उत्त पुलको उद्घान गरिएको आयोजकले लाई जानकारी दिएको छ । ६४ दशमलब ९५ मिटर लम्बाइ भएको पुलको निमार्ण गर्ने जिम्मा एशियाटिक राजबिर निमार्ण जेभी, तालाबाङ रोल्पाले पाएको थियो । २०७७ साल असोज २५ गते पुल निमार्णको लागी जिम्मा पाएको एशियाटिक राजबिर निमार्ण जेभी, तालाबाङ रोल्पाले पुल निमार्णको कार्य २०७९ साल असोज २४ गते भित्र सक्नु पर्ने समय भए पनि निमार्ण कम्पनीले सम्झौता अबधि भन्दा ९ महिना अगाडीनै पुल निमार्ण कार्य सम्पन गरेको छ । पुल निमार्णको लागी कुल अनुमान गरिएको रकम लागत ५ करोड,६२ लाख,३७ हजार ७ सय ५४ रुपैया १० पैसा रहेको थियो भने पुल निमार्ण कम्पनी सँग ५ करोड,६१ लाख,४९ हजार ५ सय ४९ रुपैया २८ पैसामा सम्झौता भएको थियो । प्रि स्ट्रेस प्रकारमा निमार्ण गरिएको पुलको ३०—३० मिटरको फरकमा २ बटा पलिर स्पान राखिएको छ भने पुलको चौडाइ ८ दशमलव ४० मिटर रहेको छ । पुल उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसि रहनु भएको थियो । बिशिष्ट अतिथिमा लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र पुन रहनु भएको थियो । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा , निमार्ण ब्याबसायि संघ रोल्पाका अध्यक्ष एंव रोल्पा नगरपालीका वडा न. १० का वडा अध्यक्ष मान बहादुर खत्री रोल्पा नगरपालीका वडा न.९ का वडा अध्यक्ष मिम बहादु घर्ति मगर लगाएतले मनतब्य राख्नु भएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती रोल्पाका प्रमुख राज बहादुर बुढा, नेपाली कांग्रेस रोल्पाका पाटि सभापति किशोर कुमार आचार्य , नेकपा माओबादि केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्ति, नेकपा एकिकृत समाजबादि पार्टी रोल्पाका अध्यक्ष हरि प्रसार घर्ति , मुख्य मन्त्रीका प्रेस संयोजक मानसिंह बिश्वकर्मा , जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख बिनोद घिमिरे,ससत्र प्रहरी बल रोल्पाका प्रमुख होमनाथ भट्टाई, प्रमुख अनुशन्धान अधिकृत निरञ्जीबि बुढा मगर ,राजनितिज्ञ एंवम सामाजसेवी कृष्ण बहादुर घर्ति मगर , स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नोखराज पोख्रेल , नेपाल पत्रकार महासंघ रोल्पाका सचिब लोकेन्द्र चन्द लगाएत बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयको प्रमुख प्रतिनिधीहरुको समेत आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै, लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसिले पुलको निमार्ण कार्य समयमै सम्पन गरेकोमा निमार्ण कम्पनीका संचालक राजबिर घर्तिलाई धन्याबाद दिदै आफ्नो र रोल्पालिकै शिर ठाढो हुने काम गरेको भन्दै प्रसंसा समेत गर्नु भएको थियो । यसरी नै सबै निमार्ण ब्याबसायिहरले समयमै बिकाु निमार्णका कामहरु सम्पन गर्ने हो भने बिकासले चादै फट्को मार्नेमा कुनै संकै नहुने समेत बताउनु भएको थियो । धाङसी खोलामा पुल नहुदा जसरी कसैले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता थियो, खोलामा जबरजस्ती गाडी हाल्दा गाडीको क्षेती हुने,बर्षाको समयमा त जसरी खोला वारपार गर्ननै नसक्ने अबस्था थियो त्यो अब पुल निमार्ण पछि सबै हतेर जाने समेत मुख्य मन्त्री केसिले बताउनु भयो । निमार्ण भएको पुलको मर्मत,सम्भार र संरक्षण गर्ने जिम्मा स्थानिय सरकार र स्थानिय बासिहरुको भएको हुनाले निमाण भएका सबै सरकारी संरचनालाई संरक्षण गर्नको लागी सबैलाई आग्रह गनु भएको थियो । पुल निमार्ण पछि गाँउमा उत्पादन बढाएर बजार सम्म पु¥याई आय आजन गर्न समेत उँहाले आग्रह गर्नु भएको थियो । रोल्पा नगरपालीकाका नगर प्रमुख पुर्ण केसिको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मनतब्य सडग पूवार्धार कार्यालय रोल्पाका प्रमुख दिपक खड्काले गर्नु भएको थियो भने कार्यक्रमको संचालन लोकेन्द्र सेनले गर्नु भएकोे थियो । कार्यक्रममा पुल निमार्ण कम्पनीका संचालक राजबिर घर्ति मगरलाई निमार्ण कार्य सम्पन गर्ने समय अगाडीनै काम सम्पन गरेको भन्दै राजबिर घर्तिमगर लाई प्रसंसा पत्रद्धारा सम्मान समेत गरिएको थियो । रोल्पा नगर पालीका वडा न. ४ को महिलाहरुको पञ्चेबाजा समुह र रोल्पा नगरपालीकाका वडा न. ९ गर्पाको पैसरु नाचको समुहले झाकि समेत प्रस्तुत गरेको थियो ।।