✎ होलेरी न्युज डटकम२४ फागुन ०७८ होलेरी रोल्पा ,, रोल्पाको रुन्टिगढी गाँउपालिकाको आयोजना तथा रुडास नेपाल गोल परियोजना र इलाका प्रहरी कार्यालय को संयोजकत्व मा ११२ औं अन्र्तर्राष्ट्रीया नारी दिवस बिभिन्न कार्यक्रम का साथ होलेरीमा मनाएको छ । रुन्टिगढी गाँउपालिका का उपाअध्यक्ष छमांया पुनको सभाअध्यक्ष मा सम्पन्न भएको कार्यक्रम को प्रमुख अतिथीमा रुन्टिगढी गाँउपालिकाका अध्यक्ष बालाराम बुढा, अतिथीहरुमा प्रमुख प्रसासकिय अधिकृत बासुदेब भट्टराई, गा.पा प्रबक्ता जंगत घर्ती, जनप्रतिनिधि, रुडास नेपालका भिम ब. बुढा, गोल प िरयोजना का बासुदेब पोखरेल, ई.प्र का होलेरीका प्रहरी नायपउपरिक्षक रोम थापा लगाएत स्वास्थ्य कमीर्, आमासमुह, स्थानीय पत्रकार, शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो । प्रथान मन्त्री रोजगार कार्यक्रमका संयोजक अम्बिका पौडेलको स्वागत मनत्व्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा जेष्ठ नागरिक शांखाका प्रमुख कल्पना पोखरेलले गर्नु भएको थियो । नारी दिवसको अबसरमा गाँउपालिका स्तरिया वक्तित्व कला प्रतियोगिता, हाजिर जबाफ प्रतियोगिता , घौंटा फोर प्रतियोगिता र तातो आलु खेल लगाएतका कार्यक्रम सगैं नारी दिवस मनाइएको हो । महिला दिबसको चर्चा गर्दै प्रमुख अतिथी समेत रहेका बुढाले अन्तर्राष्ट्रिय महिला दिबसको इतिहास, संघर्षका घट्नाहरु, महिला हक अधिकारको लागी गरिएको आन्दोलनको चर्चा सगैं कुनै पनि प्रकारको हिंसा भएमा सहनु हुदैन र त्यसको कानूनी उपचार खोज्नुपर्दछ् महिला पुरुस दुबैको हातेमालो, सामुहिक सोचको अन्त्यले मात्र हिंसा न्यूनीकरण हुने बताउनु भयो ।।
रोल्पाको रुन्टिगढीमा ११२ औं महिला दिवस भब्य रुपमा सम्पन्न ।।
06:42