✎ होलेरी न्यूज डटकम२१ फागुन ०७८, होलेरी रोल्पा ।। नेकपा (एमाले) रोल्पाको अध्यक्षमा पुनः बालाराम बुढा नै सर्वसम्मत चयन भएका छन। शनिबार त्रिवेणी गाउँपालिकाको नुवागाउँमा सम्पन्न छैटौं जिल्ला अधिवेशन अनतर्गत बालाराम बुढा अध्यक्ष सहित ९१ सदस्यीय जिल्ला कमिटी चयन भएको छ् । जसको उपाध्यक्षमा विजय घर्ती, सचिवमा अमृत बुढा, उपसचिवमा दीपक विष्ट र ठाकुरप्रसाद वली चयन भएको प्रेस चौतारीका सचिव अमृत वली ले बताउनु भयो । अधिवेशनको प्रमुख अथितिमा नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, अतिथीहरुमा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, नेकपा एमाले पोलिटव्युरो सदस्य गोकुल घर्ति, नेकपा एमाले केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज नवीन रोका मगर , नेकपा एमाले केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह–इन्चार्ज ईश्वरी जिएम, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कुमार दशौदी,नेकपा एमाले केन्द्रीय कमिटी सदस्य यमुना रोका तामाङ ,नेकपा एमाले दाङ जिल्ला निवर्तमान अध्यक्ष टिकाराम खड्का को आतिथ्यता रहेको थियो । यसअघि केन्द्रीय कमिटीको निर्णय अनुसार गत पुस २३ गते अधिवेशन गर्ने गरि तयारी भएकै बेला पार्टीको काममा हिडेका तत्कालीन पार्टी सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएपछि स्थगित गरिएको थियो ।।।
नेकपा एमाले रोल्पाको जिल्लाको अधिबेशन सम्पन्न , अध्यक्षमा बालाराम बुढा ।।
05:19