Type Here to Get Search Results !

रोल्पा को रुन्टिगढी मा नेकपा माओवादी र नेकपा एमाले पार्टी परित्याग गरी २७ जना नेपाली कांग्रेस मा प्रवेश ।।

  ✎ होलेरी न्यूज डटकम 

 १९ फागुन ०७८ होलेरी ,,  रोल्पा को रुन्टिगढी गाउपालिका वंडा नं. ४ मसिनाबाङ मा  नेकपा माओवादी र नेकपा एमाले पार्टी परित्याग गरी २७ जना नेपाली कांग्रेस मा प्रवेश गरेका छन् ।
बुधबार नेपाली काँग्रेस रोल्पाका नेता तथा पुर्व सांसद लेखनाथ आचार्यको प्रमुख आथित्यतामा पार्टी प्रबेश कार्यक्रमम भएको नेपाली काग्रेंस रुन्टिगढी गाँउपालिका वडा नं. ४ ले जानकारी दिएको छ । नेकपा एमाले र माओबादी केन्द्र परित्याग गरी लिल बहादुर पुन, भिम बहादुर पुन, रत्न बहादुर पुन, लाल बहादुर कवर, बेद प्रकाश पुन, होम बहादुर पुन लगाएतको नेतृत्वमा २७ जनाले नेपाली काग्रेंसमा प्रबेश गरेको नेपाली कागँ्रेस रुन्टिगढी गाउँपालिकााले जानकारी दिएको छ । रुन्टिगढि ४ नम्बर वडा कार्यसमितीका सभापति चित्र बहादुर डागीँको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेसभा एक (क) रोल्पाका क्षेत्रीय उप–सभापति बेगम कवर, सचिब पारसमणि गिरी, सह–सचिव भक्त बिक्रम रावत, सदस्य राम बहादुर घर्ती, गाउँ पालिका सभापती जनक पुन लगाएतको उपस्थिति रहेको थियो ।
विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस पाटीमा प्रबेश गर्ने २७ जनालाई फुलमाला अबिर लगाएर नेपाली कांग्रेस पाटीमा प्रबेश गराइएको नेपाली काँग्रेस रुन्टिगढी गाउँपालिकाले जनाएको छ ।