Type Here to Get Search Results !

।कोभिड १९ विरुद्धको समीक्षा सम्बन्धी गोष्ठी रोल्पाको होलेरीमा सम्पन्न।।

 ✎ होलेरी न्यूज डटकम
०१ चैत ०७८: रोल्पा होलेरी ,  कोभिड १९ विरुद्धको समीक्षा सम्बन्धी गोष्ठी होलेरीमा सम्पन्न भएको छ ।  रोल्पाको रुन्टीगढी गाउँपालिकामा कोभिड १९ विरुद्ध खोप कार्यक्रमको प्रगति, समीक्षा र आगामी कार्यनीति सम्बन्धी समन्वय गोष्ठी मंगलबार पालिकाको सभा हक मा एक कार्यक्रमका बीच  गोष्ठी सम्पन्न भएको हो ।
  
रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराई, सामाजिक विकास संयोजक याम बहादुर दशौदी राणा, ७ नं अध्यक्ष जंगबहादुर घर्ती,९ नं अध्यक्ष नेपबहादुर थापा, २ नं अध्यक्ष पुनाराम पुन, ३ नं अध्यक्ष चन्द्र बहादुर घर्ती , जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख,सुआहारा नेपालका श्रृक्षा पोखरेल,प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका प्रमुख विशाल कवँर,रुन्टीगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बुढा लगायत गाउँपालिकाका स्वास्थ्य चौकीका ईन्चार्जहरुको उपस्थिति रहेको थियो।।।