Type Here to Get Search Results !

गढिलेक वचत तथा ऋण सहकारी संस्थाको चौथो अबिधेशन सम्पन्न,अध्यक्षमा नरेन्द्रध्वज डिसी चयन


होलेरी रोल्पा, फागुन २९
गढिलेक वचत तथा ऋण सहकारी संस्था होलेरीको चौथो अबिधेशन तथा १४ औ साधारण सभा रोल्पाको होलेरीमा शनिवार सम्पन्न भएको छ। गढिलेक वचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष नरेन्द्रध्वज डिसीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा रहनुभएको थियो । यस्तै अतिथी हरुमा संस्थापक कोषाध्यक्ष गोपाल डाँगी,रेडक्रस रोल्पाका लक्षिराम थापा,लगायत सहकारी संस्थाका पदाधिकारीहरु,पत्रकार,सहकारीका सेयर सदस्य तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा स्वर्गिय संस्थापक अध्यक्ष ऋषिराम श्रेष्ठको फोटोमा माल्र्यापन गर्दै कार्यक्रमको सुरु गरिएको हो।
 कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले ६२ हजार रुपैयाँ बाट सुरु गरिएको सहकारीको पुजी अहिले करिव ४ करोड रुपैयाँ मा कारोवार गर्न सफल भएको उल्लेख गर्दै बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो ।
  शनिवार सम्पन्न भएको चौथो अबिधेशनले नरेन्द्रध्वज डिसीको अध्यक्षतामा ९ सदस्य कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ ।
सहकारी संस्थाका उपाध्यक्ष प्रेमा सुवेदी को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण टिकाराम सेजवाल ले गर्नुभएको थियो।।