Type Here to Get Search Results !

जेल्बाङमा आधारभुत पत्रकारीता तालिमको सुरु ।।


०५ चैत ०७८ ,होलेरी रोल्पा ,

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको आयोजना र सुनछहरी गाँउपालिकाको सहयोगमा आधारभूत पत्रकारिता तालिमको आज उद्धघाटन गरिएको छ ।

 पाँच दिन सम्म संचालन हुने पत्रकारीता तालिम सुनछहरी गाँउपालीका ७ जेल्बाङमा सुरु गरिएको नेपाल पत्रकार महासँघ  रोल्पाले जानकारी दिएको छ । सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुन मगरको प्रमुखआतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचनमगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ६ का वडाअध्यक्ष तथा गाउँपालिका प्रवक्ता अमरजित पुनमगर, वडा नं. ७ का वडाअध्यक्ष टिकाबहादुर बुढा, साहित्यकार विष्णु सन्यास, रोल्बाङ माध्यमिक विद्यालय जेल्बाङका शिक्षक हिमलाल पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा वडा सदस्यहरु राज रोका, जालकुमारी विक लगायतको आतिथ्यता रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि आशबहादुर पुनले मिडिया क्षेत्र विकास र समृद्धिको अभिन्न अंग भएको चर्चा गर्नुभयो । राज्यले चौथो अंगको भूमिकाका रुपमा परिभाषित गरेको बताउँदै उहाँले त्यही अनुसारको काम गर्न उहाँले सुझाव दिनुभयो । कलमको माध्यमबाट समाज बदल्न सकिने भन्दै गाउँपालिका अध्यक्ष पुनले लेख्नुपूर्व त्यसले समाजमा पार्ने प्रभावका बारेमा सोच्नुपर्ने बताउनुभयो । पत्रकारिता तालिम लिइसकेपछि त्यसलाई व्यवहारमा लागु गर्दै सुनछहरी गाउँपालिकाको गतिविधिका बारेमा लेख्न तथा सञ्चार माध्यममा प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै वडा अध्यक्षद्वयले आधारभूत पत्रकारिता तालिम पत्रकारिता क्षेत्रको जग भएकाले जग बलियो बनाउनका लागि आफै अग्रसर र क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष सन्तोष शर्माको स्वागतको मनतब्य बाट शुरु भएको कार्यक्रको संचालन नेपाल पत्रकार महासंघ रोल्पाका सचिब लोकेन्द्र चन्दले गर्नु भएको थियो । तालिममा  सुनछहरी गाँउपालीका भित्रका सबै वडा बाट दुई—दुई जना सहभागिता रहेको छ नेपाल पत्रकार महासंघ रोल्पाका सदस्य जुनिसकुमार बिष्टले जानकारी दिनु भएको छ  ।