Type Here to Get Search Results !

शिक्षा विकास तथा समन्वय इकाई द्धारा विद्यालयको अनुगमन कार्य सम्पन्न


 


 होलेरी रोल्पा फाल्गुन २७
  शिक्षा विकास तथा समन्वय इकाई रोल्पाको आयोजना तथा रुन्टीगढी गाउँपालिकाको समन्वयमा राष्ट्रिय प्राररम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत बुधवार रुन्टीगढी गाउँपालिकाको विद्यालयहरुमा अनुगमन गरेको छ ।
  अनुगमन कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा,उपाध्यक्ष छमायाँ पुन, शिक्षा विकास तथा समन्वय इकाई रोल्पाका इकाई प्रमुख दुर्गा खड्का, इ.जि.आर.पी. का रोल्पा जिल्लाका फोकल पर्सन सुरेन्द्र ढकाल,रुन्टीगढी गाउँपालिकाका सामाजीक विकास संयोजक याम बहादुर दशौदी, ७ नं का वडाअध्यक्ष जंग बहादुर घर्ती, प्रशासन प्रमुख सानुबाबु खड्का,रुन्टीगढी गाउँपालिका शिक्षा शाखाका घन बहादुर डाँगी लगायत पुर्व स्रोत ब्यक्तीहरु तथा रोष्टर शिक्षकहरुको उपस्थितीमा अनुगमन कार्य सम्पन्न भएको छ ।
  अनुगमन कार्यक्रममा शिक्षकहरुको पेशागत विकासको लागी स्वयम अनुगमन का साथै विद्यालयको समग्र शैक्षिक एवं भौतिक पक्षको अनुगमन गरिएको वताइएको छ ।
  अनुगमन पश्चात भिमसेन माध्यमिक विद्यालय सैवाङमा समिक्षात्मक कार्यक्रम समेत सम्पन्न भएको छ ।
 समिक्षात्मक कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका विद्यालयहरुमा समग्र समस्याहरुको समाधानका उपायहरुका बारेमा छलफल भएको जानकारी प्राप्त भएको छ ।