Type Here to Get Search Results !

महेन्द्र माध्यमिक बिद्यालय मा अनेरास्ववियु इकाई कमिटी गठन , अध्यक्ष मा बिमला भन्डारी ।।

✎ होलेरी न्युज डटकम

०७ चैत ०७८ रोल्पा होलेरी ,,

नेकपा एमाले विद्यार्थी संगठन अनेरास्ववियु को स्कुल इकाई कमिटी गठन भएको छ ।


आइतबार रुन्टिगढी गाउपालिका को महेन्द्र माद्यामिक बिद्यालय होलेरी मा इकाई कमिटी गठन गरेको आयोजक ले जनाएको छ ।
उक्त भेला ले श्री बिमला भन्डारी को अध्यक्षतामा २५ जना सदस्य चयन गरिएको बताइएको  छ ।


जसमा उपाध्यक्ष मा चमेली पुन, सचिब मा यलिशा बुढा मगर, सह- सचिव मा पशुपती बस्नेत, कोषाध्यक्ष मा गायत्री बुढा मगर, लगाएत २५ जना सहितको सदस्य रहेका छन ।
रोल्पा जिल्ला अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा रुन्टिगढी गाउपालिका संयोजक हेमराज बि.क को सभाअध्यक्ष मा सम्पन्न  भएको कार्यक्रम को सहजीकरण अनेरास्ववियु रुन्टिगढी गाउपालिका का इन्चार्ज केशर रावत ले गर्नु भएको जानकारी दिनुभयो  ।।