Type Here to Get Search Results !

एमाले रुन्टीगढीको चुनावी तयारी बैठक सम्पन्न


 होलेरी रोल्पा, चैत्र १० गते
नेकपा एमाले रुन्टीगढी गाउँ कमिटीको चुनावी तयारी बैठक रोल्पाको होलेरीमा विहिवार सम्पन्न भएको छ । नेकपा एमाले रुन्टीगढी गाउँ कमिटीका अध्यक्ष गोपाल डाँगीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा नेकपा एमाले प्रदेश सचिवालय सदस्य एवं रोल्पा जिल्ला अध्यक्ष बालारम बुढा रहनुभएको थियो । यस्तै अतिथीहरुमा प्रदेश कमिटी सदस्य रुद्रमणि सुवेदी, एमाले जिल्ला कमिटी सदस्य एवं रुन्टीगढी गाउँ कमिटीका ईन्चार्ज याम बहादुर दशौदी राना,लगायत जिल्ला कमिटी सदस्यहरु गाउँपालिका तथा वडाका पदाधिकारीहरुका विच बैठक सम्पन्न भएको वताइएको छ ।
  बैठकमा विशेष गरी पालिका तथा वडाहरुमा पाटीको संगठनात्मक अवस्था तथा चुनावी तयारीको बारेमा छलफल भएको नेकपा एमाले रुन्टीगढीले जनाएको छ ।
बैठकमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएको  पाटीका रोल्पा जिल्ला अध्यक्ष बुढाले आसन्न निर्वाचनलाई लक्षित गरी विपक्षी दलका प्रतिनिधिहरुले गाउँवस्तीमा फिजाएको झुत्ता आश्वासनलाई जनता समक्ष पर्दाफास गर्न र आसन्न चुनाव लाई मध्यनजर गर्दै अगडी वढ्न को लागी सम्पुर्ण नेताकार्यकर्ता हरु लाई आग्रह समेत गर्नुभयो।
नेकपा एमाले रुन्टीगढी गाउँकमिटी का उपाध्यक्ष अमराज बस्नेत को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव गणेश गिरीले गर्नुभएको एमाले रुन्टीगढीले जनाएको छ ।।