१५ चैत ०७८ होलेरी रोल्पा ।
शिक्षा एउटा यस्तो चिज हो, जसले मानिस भित्र लुकेर रहेको क्षमता लाई बाहिर प्रस्फुटन गर्न सहयोग गर्द्छ। शिक्षा जीवन प्रयन्त चलिरहन्छ। मानिस ले शिक्षा औपचारिक ,वा अनौपचारिक दुबै तरिका बाट प्राप्त गरिरहेका हुन्छौं ।
शिक्षा जन्म देखि सुरु भएर चिहान मा अन्त्य हुने गर्दछ।त्यस्तै पढाइ लाई उमेर ले छेक्दैन,भने झैँ ५० वर्षिय उतिमा कुमारी ओलि श्री महेन्द्र मा. वि होलेरी रोल्पामा कक्षा ३ मा अध्ययन गर्दै आउनु भएको छ । कक्षा १ बाट अध्ययन सुरु गरी अहिले कक्षा ३ सम्म पुग्नु भएको छ ।
पहिलाको समय मा छोरी मान्छे ले धेरै पढनु हुदैन भन्ने समाजको मान्यता थियो । मेरो आमा बुबा ले पनि छोरी ले धेरै पढनु हुदैन भन्नू भयो । मैले भाइ बहिनी लाई स्कुल पठाउदै म आफू ले घरको घाँस दाउरा मै समय बिताउथे । पढन मन लागेर पनि पढ्न नपाएको कुरा सुनाउदै आँखा मा आशु बर्षाउनु हुन्छ ।
उहाँ भनु हुन्छ पढाइ भन्दा ठूलो अरु केही छैन । राम्रो संग पढन सके आफ्नै गाँउ ठाँउ रोजगार भैइन्छ भन्दै आफुले पनि एस.ई.ई सम्म पढ्ने कुरा बताउनु भयो
हेर्नुहोस भिडियो