Type Here to Get Search Results !

नेकपा माओवादी केन्द्र रुन्टिगढी गाउँपालिका,को राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न



होलेरी रोल्पा चैत्र १०
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको बैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम रोल्पाको होलेरीमा सम्पन्न भएको छ।  नेकपा माओवादी केन्द्रका रोल्पा जिल्ला इन्चार्ज तथा ५ नम्बर प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन ९ शिजल ० को प्रमुख आथित्यता ,लुम्बिनी प्रदेश कमिटी सदस्य गोविन्द पुन ९ नजर ०को आतिथ्यता र कार्यक्रमका अध्यक्ष जगत बहादुर घर्ती लगाएतको ,को उपस्थितमा कार्यक्रम संचालन भएको थियो। कार्यक्रम सहजीकरण मीन बहादुर थापाले गर्नुभएको थियो ।
कार्यक्रममा कार्यकर्ताहरु विच राजनैतिक तथा बैचारीक प्रशिक्षण समेत गरिएको वताइएको छ ।
यसै बिच नेकपा एमाले परित्याग गरि ५ जना र नेपाली काग्रेस परित्याग गरि १ जनाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ । नेकपा एमाले र नेपाली काग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्ने नवपर्वेशीहरुलाई रोल्पा जिल्ला इन्चार्ज तथा ५ नम्बर प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन ९ शिजल ० ले स्वागत गर्नु भएको बताइएको छ ।