रोल्पा र रोल्पालीले नयाँ नेतृत्व माग गरेको छ, एमाले इन्चार्ज रोका
19:19
होलेरी रोल्पा चैत्र ७
रोल्पा र रोल्पालीले नयाँ नेतृत्व माग गरेको नेकपा एमालेका केन्द्रिय सदस्य तथा रोल्पा जिल्लाका इन्चार्ज नविन रोका मगरले बताउनुभयो । नेकपा एमाले निकट प्रचार विभागको आयोजना र प्रेस चौतारी रोल्पाको समन्वयमा रोल्पाको लिवाङमा भएको पत्रकार भेटघाटमा बोल्दै नेता रोकाले यस्तो बताउनुभएको हो । पुराना नेतृत्वको आशा र भरोसा समाप्त भैसकोको भन्दै रोल्पा र रोल्पालीले नयाँ योजना र नया सोच सहितको नेतृत्वको माग गरेको बताउदै त्यो नेतृत्वको पुर्ति नेकपा एमालेले गर्ने दावि गर्नुभयो । समृद्ध नेपाल र खुशी नेपालीको सपना साकार पार्न नेकपा एमाले आत्मविश्वास्का साथ लागिरहेको बताउनुभयो ।
साथै चैत महिनाको ५ गतेका नेकपा (एमाले) रोल्पाको प्रथम पूर्ण बैठक जिल्ला पार्टी अध्यक्ष बालाराम बुढाको अध्यक्षता तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य रोल्पा पार्टी इन्चार्ज नविन रोकामगरको प्रमुख आतिथ्यता एंव केन्द्रीय सदस्य रोल्पा सह–इन्चार्ज कुमार दशौदी, ईश्वरी जीएम, कमरेड यमुना रोकामगरको उपस्थितिमा बैठक सम्पन्न भएको छ
बैठकमा जिल्ला अधिवेशनमा खटिनुभएका पार्टीका जिम्मेवार ब्यक्तिहरु एंव स्वयम्सेवक, सुरक्षाकर्मी, निर्वाचन समितिका संयोजक तथा सदस्य, अध्यक्ष मण्डलको अध्यक्ष तथा सदस्यहरुको उच्च मुल्यांकन गरेको छ । अधिवेशनमा सहभागी भइ प्रतिनिधिहरुको मनोभावना बुझेर सर्वसम्मतिको वातावरण निमार्ण गर्नुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिलाई पार्टी जिल्ला कमिटीको तर्फबाट धन्यवाद ज्ञ्यापन समेत गरिएको थियो ।।
यस्तै चैत ५ गते बसेको पार्टीको प्रथम बैठकले गरेका निर्णयहरु पार्टीका नव निर्वाचित अध्यक्ष बालराम बुढा मगरले सार्वजनिक गर्नुभएको थियो ।
पार्टीको निर्णयहरु..
जिल्ला कमिटी सदस्यहरूको मनोनीत (समावेशी)
१– निर्मला वली (गंगादेव)
२– कृष्णी गौतम (रोल्पा नगरपालिका)
३– हीराकुमारी डाँगी (रुन्टीगढी)
४– भीमा डाँगी (त्रिवेणी)
५– रविना घर्ती (सुनीलस्मृति)
६– हस्तमाली बाँठा (रुन्टीगढी)
७– सपना रोका (परिवर्तन)
८– रविना बुढा (रुन्टीगढी)
नेकपा (एमाले) रोल्पाको प्रथम पूर्ण बैठकले सचिवालय गठन गरेको छ।
१– बालाराम बुढा
२– विजय कुमार घर्तीमगर
३– अमृत बहादुर बुढा
४– ठाकुरप्रसाद वली
५– दीपक विष्ट
६– विनोद रोका
७– पहलबहादुर विक
८– टेकेन्द्र जंग रोका
९– आनन्दकुमार बुढा
१०– तिर्खबहादुर बुढाथोकी
११– कमलबहादुर बुढाथोकी
१२– बमबहादुर पुन
१३– हुमबहादुर बाँठा
१४– यामबहादुर दशौदी
१५– दयाराम डाँगी
१६– जीवन डाँगी
१७– कृष्णबहादुर केसी
१८– हस्तमाली बाँठा
१९– छमाया पुन
२०– कृष्णी गौतम
विभाग प्रमुख–
स्थानीय तह विभाग– बालाराम बुढा
जनसंगठन सम्पर्क समन्वय विभाग पनि– अर्को व्यवस्था नभएसम्म बालाराम बुढा
आर्थिक विभाग – विजय कुमार घर्तीमगर
संगठन विभाग– अमृत बहादुर बुढा
पार्टी स्कूल विभाग– दीपक विष्ट
निर्वाचन विभाग– ठाकुरप्रसाद वली
प्रचार तथा प्रकाशन विभाग– जीवन डाँगी
सहकारी तथा गरिवी निवारण विभाग– कृष्णबहादुर केसी
गाउँ तथा नगरपालिका इन्चार्ज
– विनोद रोका (थबाङ गाउँपालिका)
– पहलबहादुर विक (गंगादेव गाउँपालिका)
– टेकेन्द्र जंग रोका (परिवर्तन गाउँपालिका)
– आनन्दकुमार बुढा (माडी गाउँपालिका)
– तिर्खबहादुर बुढाथोकी (सुनछहरी गाउँपालिका)
– कमलबहादुर बुढाथोकी (लुङ्ग्री गाउँपालिका)
– बमबहादुर पुन (सुनीलस्मृति गाउँपालिका)
– हुमबहादुर बाँठा (त्रिवेणी गाउँपालिका)
– यामबहादुर दशौदी (रुन्टीगढी गाउँपालिका)
– दयाराम डाँगी (रोल्पा नगरपालिका)
जवस इन्चार्ज–
१– अखिल नेपाल महिला संघ– छमाया पुन
२– अनेरास्ववियू– टीका घर्ती
३– राष्ट्रिय युवा संघ– केशवराज बुढा
४– नेपाल उत्पीडित जातिय मुक्ति समाज– प्रेमबहादुर विक
५– लोकतान्त्रिक आदिवासी जनजाती महासंघ– तुलबहादुर घर्ती
६– किसान महासंघ– लीलाबहादुर थापाक्षेत्री (कमल)
७– पेशागत महासंघ– छत्रबहादुर डाँगी
८– नेपाल उधोग व्यवसायी महासंघ– नारायण खनाल
९– खेलकुद महासंघ– एन्जलभिजन गुरुङ
१०– प्रेस चौतारी, नेपाल– धनबहादुर बस्नेत
११– जनसांस्कृतिक महासंघ– चन्दबहादुर घर्ती
१२– नेपाल बुद्धिजीवी परिषद्– वेगम वली
१३– राष्ट्रिय स्वास्थ्यकर्मी संघ– भीमा डाँगी
१४– लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन– लीला दशौदी
कार्यालय सचिव – अमृत बहादुर बुढा (अर्को व्यवस्था नभएसम्म)
(४) आगामी कार्ययोजना–
– (क) गाउँ तथा नगरपालिका बैठक तथा भेला
– (ख) जनवर्गीय संगठन बैठक तथा सम्मेलन
– (ग) मत संवेक्षण तथा सम्भावित उम्मेद्वारहरुको नाम सिफारिस
– (घ) आर्थिक सम्बन्धमा
– (ङ) लेखा परिक्षण
– (च) केन्द्रीय सदस्य र प्रदेश सदस्यबीच समन्वय तथा सहजिकरण सम्बन्धी
– (छ) आइटी करार रोख्ने सम्बन्धमा
थबाङ– बालाराम बुढा, गंगाप्रसाद बुढा, मीना बुढा (१३ गते)
परिवर्तन– अमृत बहादुर बुढा, हरि वली (८ गते)
गंगादेव– ठाकुरप्रसाद वली, शान्तकुमार वली (८ गते)
सुनछहरी– दीपक विष्ट, पूर्ण बुढा, जयप्रकाश बुढा (८ गते)
रोल्पा नगरपालिका– बालाराम बुढा, अमृत बहादुर बुढा, ओमराज घर्ती (६ गते)
सुनीलस्मृति– बालाराम बुढा, अमृत बहादुर बुढा, हरि वली (११ गते)
लुङ्ग्री– दीपक विष्ट, जयप्रकाश बुढा (१० गते)
माडी– विजय कुमार घर्तीमगर, शान्तकुमार वली (१० गते)
त्रिवेणी– अमृत बहादुर बुढा, ठाकुरप्रसाद वली, ओमराज घर्ती, पूर्ण बुढा (१० गते)
रुन्टीगढी– बालाराम बुढा, रुद्रमणी सुवेदी (१० गते)