Type Here to Get Search Results !

पास नेपाल द्धारा रुन्टीगढीको स्वास्थ्य क्षेत्रको अनुगमन


 
 होलेरी रोल्पा फाल्गुन २७ गते
आर्इ पास नेपाल को आर्थिक सहयोग तथा पास नेपाल रोल्पाको सहजीकरण मा संचालित कार्यक्रम ,नेपाल मा सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना अन्तरगत रुन्टिगढि गाउँपालिका स्वास्थ्य शाखा को समन्वयमा स्वास्थ्य क्षेत्रहरुको अनुगमन सम्पन्न भएको छ ।
   अनुगमन कार्यक्रममा रुन्टीगढी गाउँपालिका का अध्यक्ष बालाराम बुढा ,स्वास्थ्य शाखा प्रमुख गणेश बुढा ,पास नेपाल का कार्यक्रम अधिकृत ममता खत्री ,फोकल पर्सन दिल कुमारी बुढा लगायत को टिम ले संयुक्त रुपमा मसिना स्वास्थ्य चौकी  र उघा सुनौलो स्वास्थ्य आमा समूह को सामुहिक अनुगमन कार्य सम्पन्न गरेको हो
 अमुगमनका क्रममा स्वास्थ्य क्षेत्रमा भएका समस्या तथा त्यसको समाधानको विकल्प संगै अनुगमन गरिएको पास नेपाल रोल्पाका फोकल पर्सन दिलमायाँ बुढाले जानकारी दिनुभएको छ ।