Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिका द्धारा विश्व क्षयरोग दिवस मनाईयो



होलेरी रोल्पा, चैत्र १० गते
विहिवार रोल्पाको होलेरीमा विश्व क्षयरोग दिवस मनाइएको छ ।
 क्षयरोग अन्त्यको लागी लगानी बढाऔ, जिवन बचाऔ भन्ने मुल नाराको साथमा रुन्टीगढी गाउँपालिकाको आयोजनामा उक्त दिवस मनाइएको हो ।
   रुन्टीगढी गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रुन्टीगढी गाउँपालिका वडा नं १ का अध्यक्ष मिन बहादुर थापा, ७ नं का अध्यक्ष जंग बहादुर घर्ती लगायत विभिन्न स्वास्थ्य संस्था वाट उपस्थित भएका स्वास्थ्यकर्मी को उपथितीमा कार्यक्रम सम्पन्न  भएको वताइएको छ । कार्यक्रममा क्षयरोगलाई नियन्त्रण गर्नको लागी गर्नुपर्ने कार्यको वारेमा छलफल भएको थियो।
कार्यक्रमको संचालन रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखाका मालती बस्नेतले गर्नुभएको जानकारी प्राप्त भएको छ ।