Type Here to Get Search Results !

रोल्पामा अवैध रुपमा लगाएको अफिम खेती नष्ट ।।

होलेरी न्युज डटकम
०५ बैशाख ०७९, सोमबार, रोल्पा,, रोल्पामा अवैध रुपमा लगाएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । 
थबाङ गाउँपालिका वडा नम्बर ४ स्थित मालागिरी, जुत्तर , नयाँगाउँ र गुराँसे लगायतका क्षेत्रमा लगाएको लागु औषध अफिम खेति नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी नायव निरीक्षक लक्ष्मण वलिको कमान्डमा ई. प्र. का पोवाङ, ई.प्र. का उवा र ई.प्र.का थबाङबाट खतिएका २६ जनाको प्रहरीको टोलीले सोमबार भिभिन्न ठाउँ मा गरेको २ सय १० रोपनी जग्गामा लगाएको अबैध अफिम खेती प्रहरीले नष्ट गरेको बताएको छ ।।