Type Here to Get Search Results !

रुन्टिगढी –६ का कृष्ण थापा इन्डिया गएको ४ महिना देखि बेपत्ता ।।

चेतमान बाँठा, रोल्पा ।।
२४ चैत ०७८ रोल्पा,, रोजगारि को लागि इन्डिया जानुभएको रुन्टिगढी गाउँपालिका वडां नं. ६ बोरिबाङ रोल्पा का कृष्ण थापा बिगत ४ महिना देखि बेपत्ता हुनु भएको छ ।
धन कमाउन भनेर ईन्डिया को डिल्ली गएका परिवार को जेठो छोरा सर्वजित ईन्डिया पुगेर सब्जी मण्डी मा काम लागेका थापा सम्पर्क विहिन हुनुभएको हो । कक्षा सात मा फेक भए पछि अब पर्दिन कमाउन जान्छु भने पछि आमा बुबा ले भाइ हिरा बुढा सङ इन्डिया पठाउनु भयो ।
राम्रो सङ इन्डिया पठाएका छोरा बेपत्ता बनेपछि परिवार चिन्तित भनेको छ । छोरालाई हाल सम्म सबै ठाउँ मा सम्पर्क गर्दा पनि कुनै अत्तोपत्तो नभए पछि खोजी गरिदिन आमा कमला थापा ले सबै मा अपिल गर्नु भयो । छोरा ले पढाई छोडे पछि बाहिर को ठाउँ देख्ला ताठोबाठो होला भनेर इन्डिया गएको छोरा बेपत्ता भएपछि आफुहरु अत्यन्त बिरमा परेको आमा कमला थापा ले बताउनु भयो ।
आमा थापाले भन्नू भयो अरु सङ भए पछि कुलत वा अन्य मा फस्ने हुन्छ, भनेर आफ्नै फ्वाजु हिरा बुढाको साथ मा छोरा लाई ईन्डिया पठायौं तर ४ महिना सम्म अत्तोपत्तो नपाउदा हामी छोराकै पिरले न दिनको भोक न रातको निद भएका छौ । कमला थापा भक्कानिदै भन्नु भयो ।। हेर्नुहोस यो पूरा भिडियो ........्।।