Type Here to Get Search Results !

नेकपा एमाले परित्याग गरि ८० नजा नेकपा माओवादी मा प्रबेश ।।

✎  चेतमान बाँठा 
२९ चैत ०७८ होलेरी, रोल्पा,,  रोल्पा को रुन्टिगढी गाउँपालिका वडां नं। २ मा नेकपा एमाले पार्टी परित्याग गरि ३४ घर धुरी नेकपा माओवादी केन्द्र मा प्रबेश गरेका छन ।
मंङलबार नेकपा माओवादी का प्रदेश सदस्य गोबिन्द पुन  (नजर) को प्रमुख आतिथ्य मा पार्टी प्रबेश कार्यक्रम भएको नेकपा माओवादी रुन्टिगढी -२ ले बताएको छ । रुन्टिगढी गाउँपालिका वडां नं। २ का नेकपा एमाले का पुर्ब वडाँ सदस्य चन्द्र ब। बुढा र तत्कालीन नेकपा एमाले का वरिष्ठ नेता तथा अगुवा मनिराम बोहोरा को नेतृत्व मा ३४ घर धुरी का करिब ८० जना नेकपा माओवादीमा प्रवेश गरेको रुन्टिगढी गाउँपालिका वाइसीएल का अध्यक्ष क्षितिज परिवर्तन पुन ले बताउनु भयो ।
रुन्टिगढी गाउँपालिका वडाँ नं। २ नेकपा माओवादी का पार्टी अध्यक्ष निम बहादुर पुन को अध्यक्षतामा भएको कार्यक्रम मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका जिल्ला सदस्य जगत ब। घर्ती, रुन्टिगढी गाउँपालिका सदस्य रुपलाल बि.क, वरिष्ठ उपाध्यक्ष गौउ प्रसाद बि.क लगायत अन्य युवाहरु को उपस्थित रहेको थियो ।
कार्यक्रम सहजीकरण गाउँपालिका वाइसीएल नेपाल का अध्यक्ष क्षितिज परिवर्तन पुनले गर्नु भएको थियो, भने नंव प्रबेशिलाइ अबिर लगाएर स्वागत गरेको बताइएको छ ।