✎ होलेरी न्यूज डटकम,
रोल्पा
१२ बैशाख ०७९, सोमबार ।
गठबन्धन हुने चर्चाकाबीच केही ढिलोगरी नेपाली काँग्रेस रोल्पाको रुन्टिगढी गाउँपालिका मा पनि आफ्ना उम्मेदवार छानेको छ।
काँग्रेसले रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा जनक पुनलाई उम्मेदवार मा सिफारिस गरेको छ।
यस्तै सोही गाउँपालिकाको उपाध्यक्षमा सरिता केसी लाई सिफारिस गरेको छ । वडाहरुमा वडा नं. १ मा अध्यक्ष मा थमन ब. घर्ति उपाध्यक्ष दिलमाया बि.क वडा न. २ मा अध्यक्ष मा जय बहादुर घर्ति उपाध्यक्ष रमिता बि.क वडा न ३ पुर्ण ब. घर्ति उपाध्यक्ष अम्मि बिश्वकर्मा वडा न ४ मा अध्यक्ष मा टंक पुन, वडा न ५ का अध्यक्ष मा हिरा ब. रावत उपाध्यक्ष मा गोमती बि.क वडा न ६ को अध्यक्ष मा नारायण प्रशाद लामिछाने उपाध्यक्ष डिला बि.क वडा न ७ मा अध्यक्ष दिलमन बुुुढाथोकी उपाध्यक्ष अबिसरा नेपाली वडा न ८ मा अध्यक्ष खिम ब. रोका उपाध्यक्ष आम कुमारी सार्कि वडा न ९ अध्यक्ष मा चेतलाल खत्रि र उपाध्यक्ष सुनिता बि. क सिफारिस भएका छन । २०७४ सालमा को स्थानीय तह चुनाव मा कांग्रेसले जनक पुन लाई रुन्टिगढी गाउँपालिका वडा ७ को वडा अध्यक्ष मा सिफारिस गरेको थियो भने सरिता केसि लाई गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएको थियो । तर बुदै जना हार बोहोरेका थिय ।।