Type Here to Get Search Results !

रोल्पा को रुन्टिगढी मा एमालेको गरायो उम्मेदवारी दर्ता ।।

✎  चेतमान बाँठा , रोल्पा
१२ बैशाख ०७९, सोमबार । रोल्पाको रुन्टीगढी गाउँपालिकामा नेकपा (एमाले) को तर्फबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी दर्ता भएको छ।
अध्यक्ष पदमा यामबहादुर दशौदी र उपाध्यक्षमा हस्तमाली बाँठामगरले उम्मेदवारी दर्ता गराएका हुन्। नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका छन्। एमाले प्रदेश कमिटीले रुन्टीगढी गाउँपालिकामा हालका अध्यक्ष बालाराम बुढालाई नै टिकट दिएको थियो। तर उनले आफूलाई दिएको अध्यक्षको टिकट सहकर्मी हालका वडाध्यक्ष यामबहादुर दशौदीलाई हस्तान्तरण गरेका छन्। एमाले लुम्बिनी प्रदेश कमिटीले अध्यक्षको टिकट बुढालाई दिएको थियो। तर उनले सोमबार बिहान उक्त टिकट दशौदीलाई हस्तान्तरण गरेका हुन्।