Type Here to Get Search Results !

रुन्टिगढी गाउँपालिका मा नेकपा माओबादी ले पनि आफ्नो उम्मेदवारी दर्ता ।।

चेतमान बाँठा , रोल्पा 
१२ बैशाख ०७९ रोल्पा रोल्पाको रुन्टिगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्र ले आफ्नो तर्फबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी दर्ता गराएको छ।
अध्यक्ष पदमा गोबिन्द पुन (नजर ) र उपाध्यक्षमा कौशला घर्ती क्षेत्रीनी   ले दर्ता गराएका हुन्। त्यस्तै वडाहरु मा   रुन्टिगढी १ मा मीनबहादुर थापा , वडा नंं २ मा भिउलाल पुनमगर, ४ मा शिवलाल रोका, ५ मा निराजन घर्तीमगर, ६ मा खिमबहादुर घर्तीमर,वडा नंं ७ मा टेकलाल पुनमगर, ८ मा तुलसी पुन र ९ मा बेदबहादुर बुढा ले पनि उम्मेदवारी दर्ता गराएका छन । नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका छन्। ०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी ले हार व्यहोरेको थियो । उम्मेदवारसँगै माओवादी केन्द्रीय सांसद दिपेन्द्र कुमार पुन (सिजल ) को पनि रुन्टिगढी गाँउपालिका मा उपस्थित हरेको थियो ।।