Type Here to Get Search Results !

गायिका राधिका हमाल त्रिविणि गाउँपालिका को अध्यक्षमा सिफारिस ।।

  ✎  होलेरी न्यूज डटकम, रोल्पा
११ बैशाख ०७९, आइतबार । नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा लोक दोहोरी गायिका राधिका हमाललाई सिफारिस गरेको छ ।
तर उनले उम्मेदवारी दिन अस्वीकार गरेकी छन् । आफूलाई पार्टी लाई विश्वास गरेर उम्मेदवार सिफारिस गरेकामा धन्यवाद दिँदै उनले स्वास्थ्य समस्याका कारण उम्मेदवारी नदिने कुरा बताएकी छन । सत्ता साझेदार दलबीच गठबन्धनको प्रयास असफल भएपछि कांग्रेसले रोल्पाको सबै स्थानीय तहमा आइतबार उम्मेदवार सिफारिस गरेको थियो । त्यस क्रममा त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गायिका हमालको नाम सिफारिस गरेको थियो । २०७४ सालमा कांग्रेसले हमाललाई त्रिवेणी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएको थियो । तर उनी पराजित भएकी थिइन् ।