Type Here to Get Search Results !

रेडक्रसको आयोजनामा होलेरीमा निशुल्क आँखाको सल्यक्रिया शिबिर सम्पन्न, ९८ जनाको सफल शल्यक्रिया गरियो


 

 


होलेरी रोल्पा चैत्र २८
रुन्टीगढी गाँउपालीकाको होलेरी रोल्पामा आँखाका मोतिया बिन्दुका बिरामीहरुको निशुल्क सल्यक्रिया शिबिर सम्पन्न भएको छ ।
नेपाल रेडक्रस उपशाखा होलेरीको आयोजनामा रुन्टीगढी गाउँपालिकाको आर्थिक सहयोग तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं प्राबिधिक सहयोगमा शिबिर संचालन गरिएको आयोजकले जानकारी दिएको छ । रुन्टीगढी गाँउपालीकाको होलेरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मोतियाबिन्दुको समस्या भएकाहरुको निशुल्क रुपमा शल्यक्रिया गरिएको हो । यहि चैत्र २५ गते शुक्रवार देखि शुरु भएको सल्यक्रिया शिबिर २७ गत आइतबारको दिन सम्पन्न भएको हो । शिबिरमा विभिन्न उमेर समुहका ९८ जनाको मोतियाबिन्दुको आँखाको सफल शल्यक्रिया गरिएको जानकारी प्राप्त भएको छ । जस मध्ये ४८ जना पुरुष र ५० जना महिला रहेका छन ।


शिबिरमा शिविरमा रुन्टीगढी गाँउपालीका बासिले मात्र नभई रोल्पा जिल्लाका अन्य विभिन्न ठाउँ देखि तथा छिमेकी जिल्ला, दाङको प्युठान लगाएयका जिल्लाबाट पनि आँखाका बिरामिहरु सहभागीता रहेको बताईएको छ ।।