Type Here to Get Search Results !

रोल्पामा हावाहुरी असिना पानी ले किसानको तरकारी खेतीमा लाखौंको क्षति ।।

चेतमान बाँठा
०१ बैशाख ०७९ होलेरी, रोल्पा ।। नयाँ बर्ष २०७९ साल सुरु भए सङै बिहिबार बिहान परेको हावाहुरी असिना पानी ले रोल्पा को रुन्टिगढी गाउँपालिका वडां नं ६ का किसानहरुले लगाएको तरकारी खेती मा लाखौं को क्षती भएको स्थानीय समाजसेवि नारायन लामिछाने ले बताउनु भयो ।
वडांको खारा, धारापानी मा लगाएको टमाटर, खुर्सानी, गोभी, सिमि लगाएतका तरकारि असिनापानीले सखाप बनाएपछि किसानहरु अहिले चिन्तित बनेका छन । दुख गरेर लगाएको तरकारी खेतिमा हावाहुरी असिना पानी ने क्षती पु¥याएपछी खारा, धारापानी का किसानहरु भेला भएर अब के गर्ने कस्लाइ भन्ने बारेमा छलफल भएको समेत बताएको छ । आफुहरुले लगाएको तरकारी खेतीमा असिना पानी ले ठूलो क्षती पु¥यापछी स्थानीय सरकार सङ क्षती पुर्ती माग गर्ने योजना छ । स्थानिय समाजसेवी नारायन लामिछाने ले स्थानीय सरकारले आफुहरुको क्षती भएको बारे केही राहत दिनुपर्ने बताएका छन ।।