Type Here to Get Search Results !

आसन्न निर्वाचनको लागी रुन्टीगढी रोल्पामा सर्वदलिय बैठक सम्पन्न,आजबाट मनोनयन दर्ता गर्दै

होलेरी रोल्पा बैशाख ११ आसन्न स्थानिय निर्वाचनको लागी रुन्टीगढी गाउँपालिका रोल्पामा शनिवार होलेरीमा सर्वदलिय बैठक सम्पन्न भएको छ । निर्वाचन अधिकृत प्रेम खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निर्वाचन सहायक अधिकृत बासुदेव भट्टराई,इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरिक्षक मधुसुदन वि.क. लगायत जनप्रतिनिधिहरु राजनीतिक दलका प्रमुखहरु सन्चारकर्मी ,सुरक्षाकर्मी ,कर्मचारी लगायत को उपस्थिती रहेको थियोे । बैठक ले आसन्न निर्वाचनमा राजनीतिक दलहरू ले आचारसंहिता लागू गर्ने प्रतिबद्धता गरेका छन। चुनावी आचारसंहिता अन्र्तगत सार्वजनिक सम्पती वन भवनहरुमा चुनावी प्रचारको लागी पोस्टरहरु नटास्ने,चुनाव चिन्ह भएका कपडा वा टोपीको प्रयोग नगर्ने,चुनावमा वालवालिकाहरुलाई प्रयोग नगर्ने,निर्वाचन अवधीभर राजनितीकर्मीहरुले गालीगलौजको भाषाको प्रयोग नगर्ने,मत सर्वेक्षण नगर्ने,कुनै राजनितिक कार्यक्रम गर्दा प्रशाशनलाई २४ घण्टा भित्र जानकारी गराउने लगायत को आचारसंहिता आफुहरुले पालना गर्ने भनी प्रतिवद्धता गरिएको वताइएको छ । साथै आजदेखी मनोनयन दर्ता लाई मर्यादित बनाउन को लागि आजै साना दल र स्वतन्त्र उम्मेदवार तथा १२ गते बिहान १० बजे नेकपा एमाले १२ बजे माओबादी केन्द्र र २ बजे नेपाली काङ्ग्रेसलाई मनोनयन दर्ता को लागि छलफल द्वारा सर्वसहमती गरियको छ। आसन्न निर्वाचनमा उम्मेद्धारीको लागी यो समाचार तयार गर्दासमम एक वडा अध्यक्ष संगै ५ जना जनप्रतिनिधीले राजीनामा दिएको रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराईले जानकारी दिनुभएको छ ।।