Type Here to Get Search Results !

रुन्टिगढी गाउँपालिका -५ मा फेरि नेकपा एमालेको जित ।।

  ✎ चेतमान बाँठा 


 ०२ जेठ ०७९ होलेरी / 

 रोल्पाको रुन्टीगढी गाउँपालिका मा नेकपा एमाले ले फेरि जित हासिल गरेको छ ।
बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा वडां न. ५ मा नेकपा एमाले बाट उम्मेदवार गोबिन्द बहादुर डांगी सहित पुरै प्यानल विजयी भएको छ । रुन्टीगढी गाउँपालिका ५ मा नेकपा एमालेका गोबिन्द बहादुर डाँगीको ७ सय ४७ मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी  नेपाली कांग्रेसका उम्मेदवार हिरा रावत ले ६ सय ३० मत प्राप्त गरेका छन्  । रुन्टिगढी गाउँपालिका ग ५का अध्यक्षमा नेकपा एमालेका गोबिन्द बहादुर डाँगी लगाएत सदस्यहरुमा रिता केसी,लक्ष्मी नेपाली,नन्दलाल बस्नेत र यामबहादुर बस्नेतले विजयी हासिल गरेका हुन् ।