Type Here to Get Search Results !

रोल्पाको रुन्टिगढी गाउँपालिका मा नेपाली कांग्रेसले खाता खोल्यो ।

 ✎ चेतमान बाँठा  

३१ बैशाख ०७९ रोल्पा । 

 रोल्पाको रुन्टिगढी गाउँपालिका मा नेपाली कांग्रेसले खाता खोलेको छ । रोल्पा रुन्टिगढी गाउँपालिका वडां न. १ मा नेपाली काङ्ग्रेसको प्यानलले जित हासिल गरेको छ ।
यस अघि माओवादीले जितेको यो वडामा निवर्तमान वडाध्यक्ष मिनबहादुर थापालाई पराजित गर्दै कांग्रेसका थमबहादुर घर्ती विजयी भएका हुन्। घर्तीले ६ सय ३२ मतका साथ विजयी हासिल गर्दा थापाले ५ सय ९४ ल्याएका छन्। यस्तै सदस्यहरुमा बुद्धिलाल ओली, फत्तेसिङ घर्ती, चन्द्री पुन र दिलमाया कामी निर्वाचित भएका छन्।
योसँगै कांग्रेसले रुन्टिगढी गाउँपालिकाको विजयी यात्रा सुरु गरेको छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा पनि कांग्रेसकै अग्रता रहेको छ।