Type Here to Get Search Results !

रोल्पाको रुन्टिगढी गाउँपालिका मा नेपाली काङ्ग्रेस बिजय \\

   ✎  चेतमान बांठा 

०३ जेठ ०७९ होलेरी,,

 रोल्पाको रुन्टिगढी गाउँपालिका मा नेपाली काङ्ग्रेस बिजय भएको छ । 
 गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा -९ वटा वडा मध्ये कांग्रेसले ३ वडा सहित गाउँपालिका अध्यक्षमा र उपाध्यक्षमामा विजयी भएको छ। नेपाली कांग्रेसबाट अध्यक्ष उम्मेदवार जनक पुन र उपाध्यक्षमा उम्मेदवार सरिता केसी विजयी भएका छन।
कुल १३०९० मत गाउँपालीका खस्दा गाउँपालिका नेपाली काङ्ग्रेसमा अध्यक्ष उम्मेदवार जनक पुन ले ४३९१ मत प्राप्त गरे भने उपाध्यक्षमा निर्वाचित सरिता केसीले ४४३७ मत प्राप्त गरि फराकिलाे मतान्तरले विजयी भएका छन भने उन का प्रतिद्वन्दी नेकपा माओवादी केन्द्र का अध्यक्ष उम्मेदवार गोबिन्द पुन (नजर) ले ३७०८ र उपाध्यक्षमा उम्मेदवार कौशिला जिसि ले ३६२८ मत लिएकाे छ। यस्तै नेकपा एमाले बाट अध्यक्षका उम्मेदवार याम बहादुर दशौदी राणा ले ३५८७ र उपाध्यक्षमा उम्मेदवार हस्तिमाली बाँठा ले ३७०८ मत लिएका छन । काङ्ग्रेस र एमाले बिच ८०४ तथा काङ्ग्रेस-माओवादी बिच ६८३ मतान्तर रहेको छ रुन्टीगढी गाउँपालिका १ मा नेपाली कांग्रेस, २ नम्बर वडामा नेकपा माओवादी केन्द्र, ३ नम्बर वडामा नेकपा एमाले , ४ नम्बर वडामा नेपाली कांग्रेस, ५ नम्बर वडा नेकपा एमाले, ६ न. वडामा नेकपा एमाले, ७ नम्बर वडामा नेकपा माओवादी केन्द्र ८ नम्बर वडामा नेकपा माओवादी केन्द्र र ९ नम्बर वडां मा नेपाली काङ्ग्रेस ले विजयी हासिल गरेको छ । यसअघिकाे निर्वाचनबाट याे गाउँपालिकामा एमालेले लिएकाे थियाे। याे संगै राेल्पामा कांग्रेसले दुईवटा स्थानीय तहमा जितेकाे छ। माओवादी केन्द्रले ६ वटामा जितेकाे छ भने अहिलेसम्म एमालेले कुनैपनि पालिका पाएकाे छैन। अब दुईवटा स्थानीय तहकाे अन्तिम मत परिणाम आउन बाँकी छ।