Type Here to Get Search Results !

नेपाली काङग्रेस तरुण दल का केन्द्रीय सदस्य दिपेन्द्र घर्ती सहित बिभिन्न पार्टीका कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रबेश ।।

   ✎ होलेरी न्यूज डटकम

 २६ बैशाख ०७९ होलेरी बैशाख ३० गते हुने स्थानीय तह को निर्वाचन आउन ४ दिन बाकी भैरहदा पनि नेकपा माओवादी केन्द्र मा प्रबेश गर्ने को सङ्ख्या अझै घटेको छैन ।
यस्तै रुन्टिगढी गाउँपालिका वाइसीएल अध्यक्ष क्षितिज परिवर्तन पुन को बिशेष पहल मा रुन्टिगढी गाउँपालिका वडां न. ४ नेपाली काङ्ग्रेस तरुण दल केन्द्रीय सदस्य दिपेन्द्र घर्ती र नेपालि काङ्ग्रेस का सक्रिय युवा नेता नरेश जंग सिह ठकुरी को नेतृत्वमा गुमान मल्ल, झपेन्द्र सेन, यज्ञराज सुनार, दिल ब. चन्द, कासिराज चन्द, टेकेन्द्र बि.क, मान बहादुर घर्ती, हिरा खड्का , सुनिता सेन , दुउ बहादुर सेन, सुरेन्द्र चन्द ठकुरी, दिपेन्द्र जंग सेन ठकुरी, याम कुमारी घर्ति गलाएतको जम्बो टोलि नेकपा माओवादी केन्द्र मा प्रबेश गरेको बताइएको छ ।
नंव प्रबेशीहरु नेतृत्व गर्दै नेपाली काङ्ग्रेस का युवा नेता नरेश जंग सिंह ठकुरी ले काङ्ग्रेस ले व्यत्तीवादी आफन्तवादी र नेकपा एमाले ले ५÷६ बर्ष सम्म युवाहरु जनता को हित लागि कुनै काम नभएको अब माओवादी केन्द्र हाम्रो धरोहर युवाहरु को लागि केही गर्छ भनेर बिश्वास गरेका छौ । यदि माओवादी केन्द्र को पनि जनता को हित लागि काम गरेन भने माओवादी को पनि राजनीति सकिन्छ भन्दै चेतावनी पनि दिनु भयो । प्रबेश कार्यक्रम मा माओवादी केन्द्र प्रदेश सदस्य तथा गाउँपालिका अध्यक्ष उम्मेदवार गोबिन्द पुन ( नजर ) ले अबिर लेपन गरि स्वागत गर्नु भएको थियो ।