Type Here to Get Search Results !

रुन्टिगढी गाउँपालिका शिक्षा शाखा ले शिक्षकहरुका २ दिने सुचना तथा सञ्चार र प्रबिधि सम्बन्धी तालिमको सम्पन्न ।। ।।

होलेरी न्यूज डटकम 

 २१ बैशाख ०७९ रोल्पा रुन्टिगढी गाउँपालिका शिक्षा शाखा होलेरी रोल्पाले शिक्षकहरुका लागी सुचना तथा सञ्चार र प्रबिधि सम्बन्धी तालिम दिएको छ ।
रुन्टिगढी गाउँपालिका भित्रका प्रत्यक बिद्यालयका एक एक जना शिक्षकहरुका लागी २ दिने आई. सी.टी तालिम आयोजना गरेको हो । तालिमको आज एक कार्यक्रमको आयोजना गरी समापन गरिको तालिममा सहभागी पशुपति प्रा. बि का शिक्षिका रेखा बुढा घर्तीले जानकारी दिनुभएको छ । विद्यालयमा कम्पुटरको अनिवार्य प्रयोग गर्नुपर्ने अवस्था आएकोले अब शिक्षकहरु पनि प्रबिधिमत्रै बन्न आवश्यक रहेकोले तालिमको आयोजना गरिएको रुन्टिगढी गाउँपालिका शिक्षा शाखाका प्रबिधिक सहायक घन बहादुर डाँगीले जानकारी दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेब भट्टराइको अध्यक्षताममा तथा गाउँपालिका कार्यवाहक अध्यक्ष छमाया पनको प्रमुख आतिथ्यतामा उद्धघाटन गरिएको तालिमको प्रशिक्षकमा सुचना अधिकारी विशाल बोहोरो रहनुभएको थियो । तालिममा ५० बढी विद्यलयका शिक्षकहरुको सहभागीता रहेको तालिम समापनमा शिक्षकहरु देबिका घर्ती र हेमन्त खत्रीले आफ्ना अनुभब सुनाउनु भएको थियो ।।