Type Here to Get Search Results !

रोल्पा मा अटो दुर्घटना हुदा चालक को मृत्यु ३ जना घाइते ।।

✎  होलेरी न्यूज डटकम
१० जेठ ०७९ रोल्पा रोल्पामा अटो दुर्घटना हुदा एक जनाको घटना स्थलमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटो चालक रोल्पा नगरपालिका २ थलिवाङ बस्ने २९ वर्षीय महेश कवर रहेको जिल्ला प्रहरी कर्यालय रोल्पाले जानकारी दिनुभएकोछ । मंगलबार ४ बजे लिवाङबाट माडीचौर तर्फ जादै गरेको रा १ ह ४३४७ नम्बरको अटो सडकबाट अनियन्त्रि भई ५० मिटर तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा परी अटोमा सवार तीन जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा रोल्पा नगरपालिका ७ माडीचौर बस्ने ५३ वर्षीय दल बहादुर पुन,सोहि ठाउँ बस्ने ५२ वर्षीय जान सिंह पुन र सोहि नगरपालिका ८ बस्ने ४७ वर्षीय सहविर खत्री रहेका छन । घाइतहरुेको जिल्ला अस्पताल रेउघामा उपचारका लागि पठाईएको प्रहरीले जानकारी दिएको छ ।