Type Here to Get Search Results !

वडा अध्यक्ष बाट पराजित हेमराज बि.क ले गरे विपन्न विद्यार्थी लाई शैक्षिक सामाग्री सहयोग ।।

    होलेरी न्यूज डटक                                                   • चेतमान बाँठा                                                                        १६ जेठ ०७९ होलेरी , रोल्पा रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर -१ को वडा अध्यक्ष उम्मेदवार भएका एमाले उम्मेदवार हेमराज विकले गरिव तथा विपन्न परिवारलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले बाट रुन्टीगढी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा विकले उम्मेदवारी दिएका बि.क २२० मत प्राप्त गरी पराजित हुन पुगेका थिए । निर्वाचनमा पराजित भएपनि भोजभतेरमा गर्ने खर्चलाई गरिब तथा विपन्न विद्यार्थी कापी, कलम र विद्यालय पोशाक वितरण गरेको उनले बताएका छन । उनले आमा बुबा नभएका एक विद्यार्थीलाई एक वर्षसम्म अध्ययन गराउने जिम्ममा समेत लिएको जानकारी गराउदै अरु ले पनि सहयोग गर्नु हुन अपिल गर्नु भएको छ