Type Here to Get Search Results !

रुन्टिगढी गाउँपालिका -६ मा पनि नेकपा एमाले को पुरौ प्यानल बिजय ।।

चेतमान बाँठा                                                                       ०२ जेठ ०७९ होलेरी /                                                        राेल्पाको रुन्टिगढी गाउँपालिका वडां न.–६ को वडाध्यक्षमा नेकपा एमाले उम्मेदवार घन बहादुर घर्ती विजयी भएका छन ।
बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा वडां न. ६ मा नेकपा एमाले बाट उम्मेदवार घन बहादुर घर्ती सहित पुरै प्यानल विजयी भएको छ । कुन २१५० मत रहेको वडांमा रुन्टीगढी गाउँपालिका ६ मा नेकपा एमालेका घन बहादुर घर्ती ले ८ सय ११ मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी  नेकपा माओवादी केन्द्र का उम्मेदवार खिम बहादुर घर्ती ले ६८२ मत प्राप्त गरेका छन् रुन्टीगढी गापा ६ का अध्यक्षमा नेकपा एमालेका घनबहादुर घर्ती लगाएत सदस्यहरुमा बसन्ती बस्नेत, प्रेमा विश्वकर्मा,गणेश बुढा र यामबहादुर थापाले विजयी हासिल गरेका हुन् ।