Type Here to Get Search Results !

रुन्टिगढी गाउँपालिका -७ मा नेकपा माओवादी को प्यानल बिजय ।।

चेतमान बाँठा                                                                          ०२ जेठ ०७९ होलेरी,                                                     राेल्पाको रुन्टिगढी गाउँपालिका वडां न.–७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र बाट उम्मेदवार टेकलाल पुन विजयी भएका छन ।           

                         बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा वडां न. ७ मा नेकपा माओवादी बाट उम्मेदवार टेकलाल पुन सहित पुरै प्यानल विजयी भएको छ । कुन १४६५ मत रहेको वडांमा टेकलाल पुन ले ५ सय ९७ मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी नेपाली काङ्ग्रेस का उम्मेदवार दिलमन बुढाथोकी ले ५ सय ७५ मत प्राप्त गरेका छन् रुन्टीगढी गापा ७ का अध्यक्षमा नेकपा माओवादी टेकलाल पुन लगाएत सदस्यहरुमा साबित्रा बुढा बस्नेत, बसन्ती सुनार, राम बहादुर रेउले, र चन्द्र बहादुर पुन ले विजयी हासिल गरेका हुन् ।