Type Here to Get Search Results !

रोल्पा कारागारमा एक कैदीबन्दी मृत फेला ।।

          होलेरी न्युज डटकम                                                                   ५ जेठ ०७९ रोल्पा,,                                                  जिल्ला कारागार रोल्पामा एक जना कैदीवन्दी झुण्डीएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
सुर्खेत वराहताल गाउँपालिका १ घोडाआँखे बस्ने २७ वर्षीय विजय बिक्रम शाह शौचालयमा झुण्डी आत्म हत्या गरेको अवस्थामा फेला परेको रोल्पा प्रहरीले जानकारी दिएको छ । बुधबार साँझ पौने सात बजे रोल्पा नगरपालिका ४ लिवाङ स्थित कारागारमा नेपाली सेना र नेपाल प्रहरीको दैनिक साँझ गरिने संयुक्त चेकजाँच तथा गन्तीको क्रममा एक जना कैदीको गन्ती कम भएकोमा खोजतलास गर्दा कारागार भित्रको शौचालयमा मृत फेला परेको प्रहरीको भनाई छ । घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।