रोल्पा मा चट्याङ लागेर एक बालक को मृत्यु, एक महिला घाइते ।। ।।
03:46
होलेरी न्यूज डट्कम
०७ जेठ ०७९ रोल्पा ,, गए राती भीषण हावाहुरी का कारण रोल्पा मा चट्याङ लागेर पाँच बर्षिया बालिकाको मृत्यु भएको छ भने एक महिका घाइते भएको छन ।
सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका ३ घर भई रोल्पाको सुनछहरी गाउँपालिका ४ फुलबारी टोल झिझा माईती घरमा गएको समयमा शुक्रवार बेलुका सात बजे एक्कासी परेको चट्याङ लागेर २७ वर्षीया हिरा चुनाराका पाँच बर्षिया छोरी अनुशा पुनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
घरमा बसीरहेको समयमा चट्याङ लाग्दा बालिकाकी आमा हिरा चुनारा घाईते हुनु भएको प्रहरीले जानकारी दिएको छ । घाईते महिलाको सुलिचौरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।