Type Here to Get Search Results !

रोल्पामा भिरबाट लडेर एक जना को मृत्यु ।।

   ✎ होलेरी न्यूज डटकम 

                ११ जेठ ०७९ रोल्पा, 

 रोल्पाको लुङ्ग्री गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु भएको छ।
रोल्पाको लुङ्ग्री गाउँपालिका वडां न. –३ सिमगिठा बस्ने ५५ वर्षका नन्दे घर्तीमगरको बुधबार बिहान ९ बजेतिर लुङग्री गाउँपालिका–२ राजथर देखि कमिरेढिक जाने क्रममा कमिरेढिकको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरीले कार्यलय रोल्पा ले जानकारी दिनुभएको छ । भीरबाट लडेर करिब १५/२० मिटर तल खस्न जाँदा सोही स्थानमा मृत्यु भएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।