रोल्पामा रुखबाट लडेर १६ बर्षिय यूवकको मृत्यु ।।
22:25
✎ होलेरी न्यूज डटकम १४ जेठ ०७९ , रोल्पा
रोल्पामा रुखबाट लडेर एक यूवकको मृत्यु भएको छ ।
गंगादेव गाउँपालिका वडा नं. ५ उदिनढुगांका ओपेन्द्र वलीका १६ वर्षिय छोरा थलराज वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
शुक्रबार वली आफ्नै घर नजिकै घाँस काटन गएको बेला रैजको रुखबाट लडेर घाइते भएपछि उपचारको लागि मेडिकल कलेज कोहलपुर लिनेक्रमा शुक्रबार राति करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताउनु भएको छ ।