Type Here to Get Search Results !

सहिदलाई मसान र भुतप्रेतको संज्ञा दिएपछि गाउपालिका अध्यक्ष पुन चौतर्फी बिरोध, कार्बाही गर्न माग ।।

         
 ✎  होलेरी न्यूज डटकम                 
      • दिल मगर, रोल्पा                                                                                                                                                                     १५ जेठ ०७९  नेपाली कंग्रेस रोल्पा जिल्ला कार्यसमितिका उपसभापति हरि पुनले सशस्त्र युद्धका सहिदलाइ मसान र भुतप्रेतको संज्ञा दिएपछि चौतर्फी बिरोधमा मुछिनु भएको छ ।
भर्खरै भएको २०७९ स्थानिय तहको निर्वाचनमा जिल्लाको गंगादेव गाउँपालिको अध्यक्ष जस्तो गरिमामय पदमा समेत पुगेका पुनले एक रेडियो अन्तर्वार्तामा १७ हजार सहिदको अपमान हुने गरी उक्त अभिव्यक्ति दिनुभएको हो ।
उहाँले प्रचारको क्रममा समेत मसानलाइ तोप्ने भनि प्रचार गरेको अभिव्यक्ति दिनुभएको छ । उक्त अभिव्यक्तिलाइ लिएर हाल सामाजिक संजालमा अध्यक्ष पुनको चौतर्फी बिरोध भएको छ । अध्यक्ष पुन नेपाली कंग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका सहोदर भाइ एवम् नेपाली कंग्रेस रोल्पा जिल्ला कार्यसमितिका उपसभापति समेत हुनुहुन्छ । अध्यक्ष : पुनको अभिव्यक्ति प्रती नेपाल कम्युनिस्ट पार्टी गंगादेव गाउँ कमिटी रोल्पाले गम्भीर ध्यानाकर्षण त्यस्तै नेपाल कम्युनिस्ट पार्टी गंगादेव गाउँ कमिटी रोल्पाले पुनको अभिव्यक्ति प्रती गम्भीर ध्यानाकर्षण गराएको छ । आज एक प्रेस बिज्ञप्ति जारी गर्दै "पुन"ले सहिदको बलिदान बाट प्राप्त भएको ब्यबस्थामा फुर्किदै, सत्ता ग्रहणको मात चढेर दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण गराउदै तुरुन्त क्षेमायाचनाको माग गर्दै अन्यथा स्थानिय तहको अध्यक्ष पदबाट पदच्युत गराउन गंगादेवबासिले संघर्षको आधिबेहरि ल्याउने बताइएका छन । समर्पित जनता, नेता तथा आम कार्यकर्तालाई चोट पुर्याएको हुदा यस्ता कुर अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण गराउदै तुरुन्त क्षेमायाचनाको माग गर्दै अन्यथा स्थानिय तहको अध्यक्ष पदबाट पदच्युत गराउन गंगादेवबासिले संघर्षको आधिबेहरि ल्याउने बिज्ञप्तिमा उल्लेख गरिएको छ "। "बिज्ञप्ति "