Type Here to Get Search Results !

रोल्पाको त्रिबेणीमा जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ ।।

      ✎  होलेरी न्युज डटकम 

   ०२ असार ०७९ रोल्पा ,, रोल्पामा जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रिबेणी गाउपालिका वडा नं.६ बस्ने ३५ वर्षीय मोहन केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
जेठ ३० गते दिउँसो साढे १२ बजे माडी गाउँपालिका वडा न. १ स्थित एक १४ वर्षीया बालिकालाई बिभिन्न प्रलोभन देखाइ जवरजस्ती करणी गरेको आरोप लागेको छ । केसीलाई सोहि दिन पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ जवरजस्ती करणी मुद्दामा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।