४ असार ०७९ रोल्पा ,,
रोल्पा मा साइकल चलाउने क्रम मा शुक्रबार साइकल बाट लडेर एक जना को मृत्यु भएको छ ।
मृत्यु हुने मा रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडां न. ५ खेसाबाङ छेरा बस्ने शेर बहादुर वलिका छोरा बर्ष २१ का दिनेश वलि रहेको जिल्ला प्रहरी कार्यालय रोल्पा ले बताएको छ ।
बाटो मा साइकल चलाउने क्रममा साइकल अनियन्त्रित भैइ बाटोबाट करिब ३ सए मिटर तल खसे को थियो ।
घाइते को स्थानीय मेडिकल मा सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल रेउघा तर्फ लैजादै गर्दा बाटो मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पा ले बताएको छ ।