Type Here to Get Search Results !

रुन्टिगढी गाउँपालिका मा हाप्किडो खेलाडी को ग्रेडिङ तथा स्तरउन्त्ती कार्यक्रम सम्पन्न ।।

       होलेरी न्यूज डटकम

 
     चेतमान बाँठा 

 २७ जेठ २०७९ रोल्पा,, रोल्पाको रुन्टिगढी गाउँपालिका मा शुक्रबार एक कार्यक्रम बिच हाप्किडो खेलाडीको ग्रेडिङ तथा स्तरउन्न्ती कार्यक्रम सम्पन्न भएको छ ।
हाप्किडो जिल्ला अध्यक्ष बिकास बाँठा को सभा अध्यक्षता मा भएको कार्यक्रमको प्रमुख अतिथीमा रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन अतिथीहरु मा रुन्टिगढी गाउँपालिका वडाँ न. ६ का वडाँ अध्यक्ष घन ब. घर्ती मगर, पुर्ब (कराते) खेलाडी तथा रोल्पा जिल्ला कराते संंघ बाट मान्यता प्राप्त प्रशिक्षक अशोक कुमार घर्ती, रोल्पा जिल्ला कोच तथा प्रशिक्षक सृजना बुढा मगर, अग्नि स्वास्थ्य किल्निक का हेमराज बि.क हाप्किडो जिल्ला उपाध्यक्ष खुम वलि, महेन्द्र मा.बि का प्र. वेद ब. सुर्यवंशि सुरक्षाकर्मी पत्रकारहरुको को सहभागी रहेको थियो ।
ग्रेडिङ तथा स्तरउन्न्ती मा पहेलो कलर २०, परपर कलर २५, ग्रीन कलर २२, र ओरेन्ज कलर १० गरि जम्मा ७७ जना खेलाडी को ग्रेडिङ तथा स्तरउन्न्ती वृद्धि भएको छ । खेलाडी लाई ग्रेड वृद्धि सङै बेल्ट पनि प्रदान गरिएको छ ।
कार्यक्रम को प्रमुख अतिथी समेत रहेका रुन्टिगढी गा.पा अध्यक्ष जनक पुनले आफ्नो सुरक्षा को लागी यो खेल धेरै महत्वोपुर्ण भएको ले यो खेल लाई निरन्तरता दिदै जान आग्रह गर्दै खेलाडी को लागि रुन्टिगढी मा भवन नभएको र खेलाडी धुलो मा खेल्ने अबस्था भएको हुदा अब खेलाडीहरुका लागी छिट्टै बहुउद्देश्यीय भवन निर्माण गर्ने कुरा व्यक्त गर्नु भएको थियो भने कार्यक्रम को सहजीकरण सुभाष चन्दले गर्नु भएको थियो ।।