होलेरी न्यूज डटकम• चेतमान बाँठा १० असार ०७९, होलेरी । रुन्टिगढी गाउँपालिकाका ईसिडी, बाल विकास शिक्षक र विद्यालय कर्मचारीहरुले बिहिवार धर्ना दिएका छन । कर्मचारीहरुले पालिकाका गेट मा आफनो पारिश्रमिक तलब कायमका लागि धर्ना दिएको हो। केन्द्र सरकारले ८ हजार र स्थानीय सरकार बाट ७ हजार गरि जम्मा १५ हजार श्रमिकका तलब निर्णय कार्यान्वयन नगरेको भन्दै पालिकाका गेट मा ईसिडी शिक्षक, वालबिकास शिक्षक र विद्यालयका कर्मचारीहरुले धर्ना दिएको शिक्षक तथा संघर्ष समितिको संयोजक रुपा के.सि ले बताउनु भयो । पटक पटक सोधपुछ गर्दा छलफल भैरहेको छ, भन्दै तारेको बताउनु भयो । यो विषयमा पालिकाका अध्यक्ष जनक पुन सङ्ग बुझदा धर्ना विषयमा हामीले तत्काल केही गर्न सकिदैन। हाम्रो छलफल भैरहेको छ, छलफल पछी मात्रै केहि निर्णय हुने कुरा बताए । धर्ना कार्यक्रम दिउँसो १ : बजे देखि ४ बजे सम्म दिइएर छोडिएको थियोे । सो कार्यक्रममा जम्मा ४० जना ईसिडी, बाल विकास तथा विद्यालय शिक्षककर्मचारी हरुको उपस्थिति रहेको थियो । हाम्रो माग पूरा यहि आइतबार सम्म सुनाइ भएन भने हामी सम्पुर्ण शिक्षक कर्मचारी साथीहरूले धर्ना तथा प्रदर्शनका कार्यक्रमहरु गरिरहने शिक्षक निर्मला पुनले बताएकी थिइन् ।।
ईसिडी शिक्षक, तथा बाल विकास शिक्षक र बिद्यालय कर्मचारी हरुले रुन्टिगढी गाउँपालिकाको गेट मा दिए धर्ना हेर्नुहोस भिडियो सहित ।।
21:07