✎ चेतमान बाँठा
२८ जेठ २०७९ होलेरी, रोल्पा //
तलब भत्ता वृद्धिको माग गर्दै रोल्पा को रुन्टिगढी गाउँपालिका भित्र रहेका सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारी र बाल बिकास शिक्षकहरुले रुन्टिगढी गाउँपालिका मा माग पत्र पेश गरेका छन ।
नेपाल सरकारको आर्थिक बर्ष २०७९/०८० को संघीय बजेट ले इसिडी शिक्षक र बिद्यालय कर्मचारी को तलब कुनै पनि सम्बोधन नगरी स्थानीय सरकार लाई तलब खुलाउन भनी बजेट भाषणमा उल्लेख भएकोले सो अनुसारको सेवा सुबिधा पाउनुपर्ने माग राखेका छन ।
बिद्यालय कर्मचारी को तलब २० हजार ५०० सय महङी भत्ता २ हजार ,चालू आर्थिक मा १५ प्रतिशत वृद्धि र कार्यलय सहयोगी को तलब १५ हजार महङी भत्ता २ हजार,चालू आर्थिक मा १५ प्रतिशत वृद्धि हुनुपर्ने माग रहेको छ ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल शिक्षकले संयुक्त रूपमा पेश गरेको माग पत्र मा आफूहरूको माग पूरा नभएको खण्डमा चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
बिद्यालय कर्मचारि र कार्यलय सहयोगी कर्मचारीहरुले बिगत लामो समयदेखी न्यून पारिश्रमिकमा सेवा गर्दै आइरहेको मात्र होइन गत आर्थिक बर्ष मा सम्पुर्ण राष्ट्र सेवकको तलब वृद्धि हुदा हामिहरुको तलब नबढाएर बिभेद्पुर्ण व्यवहार देखाएको भन्दै आफ्नो गुनासो पत्र मा उल्लेख गरिएको छ ।