Type Here to Get Search Results !

रोल्पामा तिलहरी चोरीको अभियोगमा दाङका एक किशोर पक्राउ ।।

   
✎  होलेरी न्यूज डटकम   
                                                                                                   १९ जेठ ०७९ रोल्पा । । चोरीमा संलग्न रहेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका-१२ हापुर बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रुन्टिगढी गाउँपालिका-५ हापखोलास्थित विवाहमा आएका ती किशोरले सोही विवाहमा आएकी एक महिलाको  घाँटीमा लाएको तिलहरी चुडाई लिएको र दुलहाले चार्जमा राखेको रेडमी कम्पनीको मोबाइल समेत लिई भागेको भन्ने खबर प्राप्त हुनासाथ उनको खोजी गर्ने क्रममा प्रहरी चौकी दुईखोली दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै सोधपुछको लागि ती किशोरको मामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।     सा...सुरक्षा न्युज