Type Here to Get Search Results !

रोल्पामा एक युवती मृत अबस्थामा फेला ।।

होलेरी न्यूज डटकम
७ असार ०७९, रोल्पा — रोल्पामा एक युवती मृत फेला परेका छन् । मंगलबार बिहान सदरमुकाम लिवाङस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १९ वर्षीया कृष्णी कामीलाई मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दक्षिण रोल्पाको रुन्टीगढी-५ छिन्नेटा निवासी ती युवती घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा संचालित ब्युटी पार्लरसम्बन्धी तालिममा भाग लिन आएकी थिइन् । उनी उक्त कार्यालयको आवास घरमा बस्दै आएकी थिइन् । उनी सुतेको कोठामा बिहानसम्म ढोका नखोलेको सूचना पाएपछि प्रहरीको सहयोगमा ढोका खोल्दा कृष्णीलाई मृत अवस्थामा भेटाइएको हो। प्रहरीका अनुसार उनी सुतेको कोठामा सर्पसमेत भेटिएको थियो । उनको हातमा घाउ पनि देखिएकाले सर्पले टोकेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो । रोल्पा अस्पतालमा शव पोस्टमार्टम गर्दा सर्पले टोकेको कारण मृत्यु भएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताउनु भयो  ।