Type Here to Get Search Results !

रुन्टिगढी गाउँपालिका ले सबै घरधुरी लाई २० युनिट विद्युत मंहशुल तिरिदिने घोषणा स्थगित ।।

     • चेतमान बाँठा                                                                               ९ असार ०७९, होलेरी रुन्टिगढी गाउँपालिका ले सबै घरधुरी लाई २० युनिट विद्युत मंहशुल तिरिदिने घोषणा स्थगित गरेको छ ।
रुन्टिगढी गाउँपालिका नवनिर्वाचित अध्यक्ष जनक पुन ले पदभार ग्रहण गरेकै दिन पालिका भित्रका सबै घरधुरीमा २० युनिट भन्दा तल आउने विद्युत शुल्क तिरिदिने भने पनि  अहिले स्थगित भएको छ । पहिला सबै ठाउँ मा विद्युतको पहुज पुराउ त्यसपछि २० युनिट सम्मको नि:शुल्क गराउ भन्ने कुरा गाउँकार्यपालिका बाट कुरा  उठे पछि यसलाइ फिर्ता लिएको बताउदै अब कम्तीमा २ वा १ बर्ष मा सबै ठाउँमा बिद्युतको पहुज पुराउने बताउनु भयो । अध्यक्ष पुनले पदभार ग्रहण गरेकै दिन २० युनिट शुल्क पालिकाले तिरिदिने भने पछि यो बिषय सामाजिक संजाल फेस्बुक मा बिबादित भएको थियो ।